Events

बित्तिय साक्षरता तथा बिस्तारित मञ्च कार्यक्रम सम्पन्न 2083.1.23

2026-05-06

Banepa 4

यस संस्थाको बार्षिक कार्ययोजना अनुरुप शिक्षा तथा समाज कल्याण उप समितिका संयोजक श्री बद्रिनाथ बादेज्यूको संयोजकत्वमा आज मिति २०८३ बैसाख २३ गते बनेपा ४, नाला सेवाकेन्द्र भवनमा स्थानीय सदस्यहरुको सहभागीतामा बित्तिय साक्षरता तथा बिस्तारित मञ्च कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको सहजीकरण तथा प्रस्तुतीकरण संस्थाका बिभागीय प्रमुख श्री सत्य नारायण श्रेष्ठज्यूले गर्नु भएको थियो भने कार्यक्रमको समापन संयोजक श्री बद्रिनाथ बादेज्यूले गर्नु भएको थियो । कार्यक्रममा २९ जना सदस्यहरुको सक्रिय सहभागीता रहेको थियो ।